समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भोजपुरमा हृदयविदारक घटना: ज्वाइँद्वारा ससुराली पक्षका चार जनाको सामूहिक हत्या

भोजपुर । भोजपुरमा एक ज्वाइँले आफ्नै ससुराली परिवारका चार सदस्यको ज्यान लिएका छन्। घटनाले जिल्लामात्र होइन, सिंगो समाजलाई स्तब्ध तुल्याएको छ।

Advertisement

रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा डेरा गरी बस्दै आएका भोजपुर नगरपालिका–२ हेलौछाका ३० वर्षीय राजेन्द्र राईले ससुरा, सासु, श्रीमती र सालोको धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।

Advertisement

हतामा परेका मृतकहरूमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरि, ४५ वर्षीया सासु मञ्जु गिरि, १५ वर्षीी श्रीमती मनिषा गिरि र ९ वर्षीय सालो सयन गिरि रहेका छन्।

हत्या गरेपछि ज्वाइँ राईले आफूलाई समेत छुरा प्रहार गरी घाइते बनाएका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिई उपचारका लागि अस्पताल पठाएको जनाएको छ।

स्थानीयहरूले राति चर्काचर्की आवाज सुनिएको बयान दिएका छन्। घटनाको खबर पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार घटनाको कारण परिवारभित्रको आपसी तनाव वा मनोवैज्ञानिक समस्यासँग सम्बन्धित हुन सक्ने अनुमान गरिएको छ। विस्तृत विवरण भने अनुसन्धानपछि मात्रै खुल्ने बताइएको छ।

सामाजिक सञ्जालदेखि सार्वजनिक बहससम्म यो घटनाले गहिरो पीडा र आक्रोश सिर्जना गरेको छ। बालबालिका, महिला र ज्येष्ठ नागरिकमाथिको यस्तो अमानवीय व्यवहारले समाजमा मौन प्रश्न खडा गरेको छ— हामी कता जाँदैछौं?

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article