हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १२ महिना अगाडि

सिन्धुलीको छेत्पामा एकै परिवारका १६ जना बेपत्ता, गाउँमा त्रास

गोलन्जोर (सिन्धुली), साउन १२ । गोलन्जोर गाउँपालिका–६, छेत्पा नजिकैको भण्डास बिप्पर कटेरीमा एकै परिवारका १६ जना सदस्य हराएपछि खोजतलास सुरु गरेको छ। सोमबार बिहान स्थानीयले दिएको सूचनाका आधारमा, प्रहरी पुगेका थिए। उनीहरूका अनुसार उर्मिला हायुको घरमा कोही पनि नदेखिएपछि शंका उत्पन्न भएको हो।

Advertisement

हराएको खबर पाएलगत्तै वडाध्यक्ष रविन श्रेष्ठ, गाउँपालिकाका कर्मचारी, र इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली उक्त स्थानमा पुगेको थियो। वडाध्यक्ष श्रेष्ठका अनुसार उक्त घरमा हायु परिवारका १६ जना सदस्य सँगै बस्ने गर्दथे।

Advertisement

प्रहरी टोलीले घटनास्थलमा पुगेपछि घरको पालीमा सानो आगलागी भएको र सामान्य मात्र क्षति भएको देखिएको छ। यद्यपि घर वरिपरि चौपाया र कुखुरा अलपत्र अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिएका छन्।

“त्यहाँ कुनै अप्रिय घटना भएको संकेत अहिलेसम्म पाइएको छैन, तर परिवारको अवस्था बुझ्न स्थानीय जनप्रतिनिधि र गाउँलेसँग लगातार छलफल भइरहेको छ,” सुवेदीले भने।

गोलन्जोर गाउँपालिकाका कर्मचारी हरिकिशोर कार्कीका अनुसार, घरमा पालेका ४–५ वटा बाख्रा, करिब १५–१६ वटा कुखुरा र एक भैंसी हेरविचारविना अलपत्र अवस्थामा भेटिएका छन्।

परिवार अचानक हराएको घटना रहस्यमय बन्दै गएको छ। प्रहरीले सम्भावित सबै कोणबाट अनुसन्धान सुरु गरेको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)