हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ११ महिना अगाडि

झापा मेचीनगर घर भएका प्रहरी असई इन्द्रबहादुर भुजेलको ताप्लेजुङमा मृत्यु

ताप्लेजुङ, भदौ १३ – ताप्लेजुङमा कार्यरत नेपाल प्रहरीका सहायक निरीक्षक (असई) इन्द्रबहादुर भुजेलको शौचालय जाँदै गर्दा लडेर मृत्यु भएको छ।

Advertisement

आज बिहान करिब ८:१७ बजे जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ कन्ट्रोल रुममा दरबन्दी कार्यरत असई भुजेल ड्युटी जाने क्रममा शौचालयतर्फ जाँदै गर्दा अचानक लडेका थिए।

Advertisement

घाइते अवस्थामा तत्काल उपचारका लागि उनलाई जिल्ला अस्पताल ताप्लेजुङ लगिएको थियो। तर उपचारकै क्रममा बिहान ९:५५ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ। झापा मेचीनगर–१०, धुलाबारी निवासी भुजेल प्रहरी सेवामा सक्रिय र कर्मनिष्ठ भनी परिचित थिए।

उनी प्रहरी सेवामा कार्यरत परिवारका सदस्यसमेत हुन्। उनकी श्रीमती विनिता शेर्पा पनि असई रहेकी छन् र हाल इलाका प्रहरी कार्यालय धुलाबारीमा कार्यरत छिन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)