समाचार
हल्दिबारी संवाददाता १० महिना अगाडि

जेन जीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु

काठमाडौं, भदौ २३ – राजधानी बानेश्वर केन्द्रित जेन–जीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा १३ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्ध र व्यापक भ्रष्टाचारविरुद्ध प्रदर्शनकारी सडकमा उत्रिएका थिए ।

एभरेस्ट अस्पताल बानेश्वरमा थप तीन जनाको मृत्यु भएको अस्पतालका अधिकारी अनिल अधिकारीले जानकारी दिए । उनका अनुसार ५० जनाभन्दा बढी घाइतेको उपचार भइरहेको छ, जसमा ४ जनाको अवस्था गम्भीर छ ।

विज्ञापन (Advertisement)Advertisement

यस्तै, ट्रमा सेन्टरमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको पुष्टि डा. दीपेन्द्र पाण्डेले गरेका छन् । ‘१० जना गम्भीर अवस्थामा छन् । उनीहरुको टाउको र छातीमा गोली लागेको छ,’ उनले जानकारी दिए । ट्रमा सेन्टरमा २० भन्दा बढी घाइतेको उपचार भइरहेको छ ।

सिभिल अस्पतालमा पनि दुई जनाको मृत्यु भएको कार्यकारी निर्देशक मोहनचन्द्र रेग्मीले पुष्टि गरेका छन् । केएमसी र त्रिवि शिक्षण अस्पतालमा उपचाररत एक–एक जनाको मृत्यु भएको छ । मृतकहरूको पहिचान भने खुल्न बाँकी छ ।

प्रदर्शन नियन्त्रणका लागि प्रहरीले पानीका फोहरा, अश्रुग्यास र गोली प्रहार गरेको थियो । घाइतेहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौं मात्र नभई देशका प्रमुख सहरहरूमा समेत जेन–जी समूहले प्रदर्शनलाई तीव्रता दिएका छन् ।

विज्ञापन (Advertisement) Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)