काठमाडौँ: जेनजी आन्दोलनमा १९जनाको मृत्यु भएपछि, नेपाल सरकारले यसबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक सुरु गरेको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ६ बजे बोलाइएको बैठक करिब एक घण्टा ढिला गरी सुरु भएको हो, प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
विज्ञापन (Advertisement)

बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे सहभागी छैनन्।
उनीहरू अहिले सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा पदाधिकारी बैठकमा उपस्थित छन्।
बैठकमा जेनजी आन्दोलनले उठाएका विषयहरूबारे छलफल हुने बताइएको छ।