झापा । जेन–जीको प्रदर्शनका क्रममा प्रहरीले झापामा १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। दमकमा ९ र बिर्तामोडमा १ जनालाई नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। पक्राउ परेका सबैलाई हिरासतमै राखिएको जनाइएको छ।
पक्राउ परेका व्यक्तिहरूको विवरण यस प्रकार छ:
विज्ञापन (Advertisement)

1. विकास खतिवडा, बिर्तामोड–५, २३ वर्ष
2. सन्देश बि.क., ताप्लेजुङ याङबरक–१, २९ वर्ष
3. आकाश राई, झापा कमल–६, २६ वर्ष
4. जिपसन धमला, दमक–१, १६ वर्ष
5. जसमिन कुलुङ राई, कमल–४, २१ वर्ष
6. समिरा पोखरेल, दमक–५, ३२ वर्ष
7. मोहन साह, दमक–७, १८ वर्ष (मोटरसाइकल नं. प्रदेश १–०२–०४० प ३०२१ सहित)
8. रुपेश धिमाल, कमल–५, २१ वर्ष (मोटरसाइकल नं. प्रदेश १–०१–०१२ प ७८७६ सहित)
9. प्रितम भुजेल, दमक, १९ वर्ष
10. देउशरण महतो, दमक–९, २४ वर्ष