काठमाडौँ ।काठमाडौँ महानगरपालिका–७, बौद्धस्थित भाटभटेनी सुपर स्टोरमा जलेको अवस्थामा आधा दर्जन अर्थात् ६ वटा शव फेला परेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले हल्दीबारी डटकमलाई जानकारी दिँदै शवहरू पूर्ण रूपमा जलेको अवस्था रहेको पुष्टि गर्नुभयो। प्रारम्भिक अनुसन्धानपछि ती शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।
विज्ञापन (Advertisement)

घटनाको कारणबारे स्पष्ट विवरण अहिलेसम्म बाहिर आएको छैन। प्रहरीले घटनास्थल वरिपरि सुरक्षा कडा पार्दै थप अनुसन्धान अघि बढाइरहेको छ।
स्थानीयवासीहरू यस घटनाबाट स्तब्ध बनेका छन्। प्रहरीले शवको पहिचान प्रक्रिया पूरा भएपछि विस्तृत तथ्य सार्वजनिक गर्ने जनाएको छ।