झापा, १३ असार । ‘लागू औषध विरुद्ध झापा अभियान (JAAN)’ अन्तर्गत अर्जुनधारा नगरपालिकामा शनिबार एक विशेष ‘पोस्टर क्याम्पियन’ तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिका र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त आयोजनामा नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम भएको हो ।

​अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक (SP) बसुन्धरा खड्काले नगर प्रमुख तामाङलाई अभियानसम्बन्धी पोस्टर हस्तान्तरण गरी अभियानको शुभारम्भ गरेकी थिइन् ।

​कार्यक्रममा समुदायमा लागू औषधको बढ्दो जोखिम र त्यसको न्यूनीकरणका उपायबारे चर्चा गरिएको थियो । सो अवसरमा कदम थिएटरका कलाकारहरूले दीपक खरेलको निर्देशनमा तयार पारिएको लागू औषध दुर्व्यसनविरुद्धको सचेतनामूलक नाटक “लौ आयो ताजा खबर” समेत प्रस्तुत गरेका थिए । नाटक प्रर्दशनमार्फत लागू औषधले युवा पुस्ता र समाजमा पार्ने नकारात्मक असरबारे सचेतना जगाइएको थियो ।

​कार्यक्रममा नगर उपप्रमुख, स्थानीय जनप्रतिनिधिहरू, प्रहरी अधिकृतहरू, विभिन्न शैक्षिक संस्थाका प्रमुखहरू, सञ्चारकर्मी, विद्यार्थी तथा स्थानीयवासी गरी करिब २०० जनाको सहभागिता रहेको थियो ।

​यो अभियान र सचेतनामूलक कार्यक्रमले समुदायस्तरमा लागू औषध दुर्व्यसन नियन्त्रण गर्न तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार