हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

झापामा टिपरको ठक्करबाट साइकल यात्रीको मृत्यु

झापा, साउन ३० । झापाको झापा गाउँपालिका–४ स्थित हुलाकी राजमार्गमा टिपरको ठक्करबाट एक वृद्ध साइकल यात्रीको मृत्यु भएको छ।

Advertisement

​साउन ३० गते साँझ करिब ५:२० बजे झापा गाउँपालिका–४ वडा कार्यालय अगाडि बालुवा बोकेको ना ५ ख ६४९० नम्बरको टिपरले बाटो काट्दै गरेका स्थानीय ६५ वर्षीय इशन लाल गणेशलाई ठक्कर दिएको थियो।

Advertisement

​ठक्करबाट गम्भीर घाइते भएका गणेशलाई उपचारका लागि तत्काल बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा उपचारकै क्रममा साँझ ६:२० बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

​दुर्घटनापछि टिपर चालक झापा गाउँपालिका–३ कामटोली बस्ने ३६ वर्षीय फागुलाल राजवंशीलाई इलाका प्रहरी कार्यालय कुमरखोदले नियन्त्रणमा लिएको छ।

​घटनापछि आक्रोशित स्थानीयहरूले साँझ ६:३० बजे दुर्घटनास्थलमा रहेको टिपरमा ढुङ्गामुढा गरी अगाडिको सिसा तोडफोड गरेका छन्। हाल प्रहरीले दुर्घटनाग्रस्त टिपरलाई सुरक्षित स्थानमा लैजाने प्रयास गरिरहेको छ भने घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)