समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

चीनमा ताल फुटेपछि भोटेकोशी-त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता, सुरक्षित स्थानतर्फ जान माइकिङ

झापा । चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगमस्थलमा बनेको कृत्रिम ताल फुटेपछि भोटेकोशी र त्रिशूली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

Advertisement

​ताल फुटेको सूचना चिनियाँ पक्षबाट प्राप्त हुनासाथ जोखिम सम्भावित तटीय क्षेत्रमा रहेका सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ जान स्थानीय प्रशासन र नेपाल प्रहरीले माइकिङ सुरु गरेका छन् ।

Advertisement

​रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार तिब्बततर्फ फुटेको तालको पानी नेपाल प्रवेश गरी भोटेकोशी–त्रिशूली नदी प्रणालीमा मिसिने भएकाले तटीय क्षेत्रमा जोखिम बढेको हो । पहिरोका कारण नदी थुनिएर बनेको उक्त तालमा बिहीबार बिहानसम्म करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको थियो । आगामी केही दिनमा थप ३० लाख घनमिटर पानी थपिन सक्ने अनुमान चिनियाँ जलस्रोत अधिकारीहरूले गरेका थिए ।

​पानीको सतह निरन्तर बढेपछि जोखिम मध्यनजर गर्दै चिनियाँ पक्षले अवस्थाको अनुगमन गरिरहेको थियो । ताल फुटेलगत्तै चिनियाँ पक्षले ग्यिरोङ (केरुङ) बन्दरगाहतर्फ अघि बढिरहेका आफ्ना खोज तथा उद्धार टोलीलाई समेत तत्काल रोकिन निर्देशन दिएको छ ।

​नेपाल प्रहरीले पनि एक सूचना जारी गर्दै नदी तटीय क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी र सर्वसाधारणलाई उच्च सावधानी अपनाउन र आवश्यक परे तत्काल सुरक्षित स्थानतर्फ स्थानान्तरण हुन अनुरोध गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article