समाचार
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

त्रिशूली ३ ‘ए’ टनेल दुर्घटना: फसेकाहरूको उद्धारका लागि सुरुङ खोल्ने काम तीव्र, ८२ जनाको संयुक्त टोली परिचालित

झापा । रसुवास्थित त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङ (टनेल) भित्र फसेका मानिसहरूको उद्धारका लागि सरकारले बिहीबारदेखि जारी राखेको प्रयासलाई शनिबार थप तीव्र पारेको छ।

Advertisement

​प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (PMO Nepal) का अनुसार टनेलभित्र मानिसहरू फसेको सूचना लगत्तै सरकारले प्राथमिकताका साथ उच्चस्तरीय उद्धार टोली परिचालन गरेको हो। लेदो तथा खसेको भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्य शनिबार बिहानैदेखि द्रुत गतिमा अघि बढाइएको छ।

Advertisement

उद्धार कार्यलाई छिटो र प्रभावकारी बनाउन शुक्रबार रातिदेखि नै ८२ जना सुरक्षाकर्मीको संयुक्त टोली निरन्तर खटिएको छ। जसमा नेपाली सेनाका ६२ जना तथा सशस्त्र प्रहरी बल Nepal र नेपाल प्रहरीका २० जना रहेका छन्। यद्यपि, सो क्षेत्रमा कायम प्रतिकूल मौसम र निरन्तर खसिरहेको लेदोका कारण खोजी तथा उद्धार प्रयास निकै चुनौतीपूर्ण बनेको उद्धारमा संलग्न अधिकारीहरूले जनाएका छन्।

यसैबिच, उद्धारमा प्राविधिक तथा अन्य सहायता उपलब्ध गराउन आएको भारतीय टोली पनि त्रिशूली पुगिसकेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन (रेकी) गरी स्थिति मूल्याङ्कन गरिरहेको छ। अनुगमनको निष्कर्षका आधारमा टोलीले थप उद्धार तथा खोजी कार्य अघि बढाउने योजना बनाएको छ।

​सुरुङभित्र फसेकाहरूको अवस्था पत्ता लगाउन र उनीहरूलाई सकुशल बाहिर निकाल्न सबै संयन्त्र परिचालन गरिएको सरकारले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article