झापा । हल्दीबारी गाउँपालिका-२ स्थित साना किसान चिया उत्पादक सहकारी संस्थाले रसुवा र भोटेकोशी क्षेत्रका बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ जम्मा गरेको छ ।

सहकारीका अध्यक्ष हर्क तामाङका अनुसार साना किसानमा आबद्ध सेयर सदस्यहरूबाट सङ्कलित उक्त रकम बाढीपीडितको उद्धार तथा राहतका लागि प्रदान गरिएको हो । “प्राकृतिक विपत्तिको यो कठिन घडीमा पीडित परिवारलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले सेयर सदस्यहरूको तर्फबाट सहयोग रकम कोषमा जम्मा गरेका हौँ,” अध्यक्ष तामाङले भने ।


संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्मा परेका नागरिकहरूलाई सहयोग पुर्याउँदै आएको छ ।
