हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

हल्दिबारीको न्यू स्टार इङ्लिस स्कुलद्वारा बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा ५१ हजारभन्दा बढी सहयोग

हल्दीबारी, झापा ।उत्तरी नेपालका रसुवा तथा भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीपहिरोका कारण प्रभावित भएका नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि झापाको हल्दीबारी–५ स्थित न्यू स्टार इङ्लिस स्कुलले आर्थिक सहयोग प्रदान गरेको छ।

Advertisement

​गत भदौ १० र ११ गते आएको बाढीपहिरोले देशैभर ठूलो जनधनको क्षति पुर्‍याएपछि सिर्जित शोकको घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै विद्यालय परिवारका तर्फबाट रु. ५१,५५५/- (अक्षरेपी एकाउन्न हजार पाँच सय पचपन्न रुपैयाँ) प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।

Advertisement

​”थोपा थोपा मिलेर सागर बन्छ” भन्ने भावनालाई आत्मसात् गर्दै बाढीपीडितको गाँस, बास र कपासको प्रबन्धका साथै दुःखमा परेका नेपालीको घाउमा थोरै भए पनि मलमपट्टी लगाउने उद्देश्यले उक्त सहयोग गरिएको विद्यालय प्रशासनले जनाएको छ। प्रत्यक्ष रूपमा उद्धारमा खटिन नसके पनि आर्थिक सहयोगमार्फत राहत कार्यमा सरिक भएको विद्यालयको भनाइ छ।

​सहयोग रकम हस्तान्तरणसँगै विद्यालय परिवारले यस महाविपत्तिको घडीमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र खट्ने नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको अतुलनीय योगदानको उच्च कदर गर्दै सम्मान व्यक्त गरेको छ।

​यसैबिच, विद्यालय प्रशासन तथा समस्त न्यू स्टार परिवारले बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता एवम् उद्धारको पर्खाइमा रहेका प्रियजनहरूको चाँडो सकुशल उद्धार होस् भन्ने कामनासमेत व्यक्त गरेको छ। देश कठिन परिस्थितिबाट गुज्रिरहेका बेला जो जहाँ छौँ, त्यहीँबाट आफूले सकेको सहयोग गर्न पनि विद्यालयले सबैमा हार्दिक आह्वान गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)