हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

कांग्रेसको नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक, असोज १६ देखि १९ सम्म महाधिवेशन हुने

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने गरी नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुनेछ ।

Advertisement

​समितिका संयोजक प्रेमबहादुर खड्काद्वारा जारी विज्ञप्तिअनुसार पहिलो चरणको गाउँ–नगर वडा अधिवेशन असोज ३ र ४ गते स्थानीय अनुकूलताका आधारमा सञ्चालन गरिनेछ । यस क्रममा देशभरका ६ हजार ७ सय ४३ वटै वडामा कार्यसमिति निर्वाचन र क्षेत्रीय प्रतिनिधि चयनको प्रक्रिया अघि बढाइनेछ ।

Advertisement

​त्यस्तै, गाउँ–नगरपालिका अधिवेशन असोज ७ गते तथा प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज १० गतेका लागि तय गरिएको छ । विदेशस्थित नेपाली जनसम्पर्क समितिका बाँकी अधिवेशनहरू पनि असोज १० गतेभित्रै सम्पन्न गरिसक्नुपर्नेछ ।

​गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीले पुर्‍याएको क्षति र विभिन्न जिल्लाबाट प्राप्त सुझावलाई मध्यनजर गर्दै कार्यतालिका परिमार्जन गरिएको कांग्रेसले जनाएको छ । बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका हकमा स्थानीय पार्टी संरचना र तोकिएका निर्वाचन अधिकृतसँगको समन्वयमा अधिवेशन गराइनेछ ।

​वैधानिक दायित्वलाई ध्यानमा राख्दै केन्द्रीय महाधिवेशनको मिति यथावत् राखिएको र जिल्ला तथा प्रदेश अधिवेशनको कार्यतालिका दोस्रो चरणमा सार्वजनिक गरिने निर्वाचन समितिले स्पष्ट पारेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)