हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता १ घण्टा अगाडि

सुशासन कायम हुन्छ : प्रधानमन्त्री बालेन शाह

झापा । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले देशमा सुशासन कायम भई छाड्ने विश्वास व्यक्त गर्नुभएको छ।

Advertisement

​मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमार्फत युवा पुस्ता (जेन जी) लाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले मुलुकमा सुशासन कायम हुने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। लोकतन्त्र र राजनीतिक परिवर्तनका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति उच्च सम्मान व्यक्त गर्दै उहाँले देशको समृद्धि र पारदर्शी शासनव्यवस्थाको यात्रा अघि बढ्ने उल्लेख गर्नुभएको छ।

Advertisement

​”प्रिय जेन जी, सुशासन कायम हुने नै छ। सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली,” प्रधानमन्त्री शाहले आफ्नो आधिकारिक फेसबुक पेजमा लेख्नुभएको छ।

​देशको विद्यमान राजनीतिक तथा प्रशासनिक अवस्थालाई लिएर नयाँ पुस्ता (जेन जी) माझ निराशा बढिरहेका बेला प्रधानमन्त्री शाहको यो भनाइ आएको हो। युवा वर्गमाझ निकै लोकप्रिय मानिनुहुने शाहको यो छोटो तर अर्थपूर्ण सन्देशलाई सुशासन र परिवर्तनका पक्षमा देशलाई अघि बढाउने संकल्पका रूपमा हेरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)