हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई सशर्त नजरबन्दको अनुमति

एजेन्सी । चर्चित ‘वन–एमडीबी’ (1MDB) भ्रष्टाचार प्रकरणमा जेल सजाय भोगिरहेका पूर्वप्रधानमन्त्री नाजिब रजाकलाई घरमै नजरबन्द (हाउस एरेस्ट) मा बस्न अनुमति दिइएको छ।

Advertisement

मलेसियाली अधिकारीहरूका अनुसार एक करोड १२ लाख अमेरिकी डलर (५ करोड मलेसियाली रिङ्गित) जरिवाना भुक्तानी गर्ने शर्तमा राजा सुल्तान इब्राहिमले उनलाई सशर्त माफी दिएका हुन्।

Advertisement

​प्रधानमन्त्री अन्वर इब्राहिमको कार्यालयका वकिलहरूले विज्ञप्ति जारी गर्दै यो माफीपछि नाजिबले सन् २०२८ अगस्ट २३ सम्मको बाँकी सजाय अवधि आफ्नै घरमा नजरबन्दमा बिताउन पाउने पुष्टि गरेका छन्।
​वन–एमडीबीको सहायक कम्पनी ‘एसआरसी इन्टरनेसनल’ बाट ठूलो रकम हिनामिना गरेको अभियोगमा सन् २०२० जुलाईमा नाजिबलाई १२ वर्षको जेल सजाय र भारी जरिवाना सुनाइएको थियो। पछि माफी समितिले उनको सजाय घटाएर ६ वर्षमा झारेको थियो।

गत डिसेम्बरमा अदालतले उनको नजरबन्दको निवेदन अस्वीकार गरेलगत्तै उनीविरुद्ध वन–एमडीबी घोटालासँगै जोडिएको अर्को मुद्दामा थप १५ वर्षको जेल सजाय र ११.४ अर्ब रिङ्गित जरिवाना तोकिएको थियो। नाजिबले हाल उक्त १५ वर्षको सजायविरुद्ध पुनरावेदन गरिरहेका छन्, जुन ६ वर्षको पहिलो सजाय पूरा भएपछि मात्र सुरु हुनेछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)