हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

‘आफ्नो पुस्ताका लागि रोजगारी सिर्जना गर्न र आत्मनिर्भर बन्न नेतृत्व लिनुहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले जेन-जी (Gen-Z) उमेर समूहका सांसदहरूसँग छलफल गर्दै आफ्नो पुस्ताका लागि रोजगारीका अवसर सिर्जना गर्न र आत्मनिर्भरताको दिशामा नेतृत्व लिन आह्वान गरेका छन्।

Advertisement

​प्रधानमन्त्री सचिवालयका अनुसार शाहले सांसदहरूलाई आधारभूत जीविकोपार्जनका समस्या समाधानमा मात्र सीमित नरही आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर भएर नेतृत्व गर्न आग्रह गरेका हुन्।

Advertisement

​प्रधानमन्त्रीले यसका लागि स्थलगत अध्ययन तथा अनुसन्धान गर्न, सूचना प्रविधिको अधिकतम प्रयोग गर्न, समस्या समाधानमा केन्द्रित दृष्टिकोण अपनाउन र पुराना तथा अव्यावहारिक सोच त्याग्न सुझाव दिएका छन्।

​उनले सांसदहरूलाई राजनीतिलाई पेसा नबनाउनेसमेत आग्रह गरे। सांसदहरूले आम्दानीको स्वतन्त्र स्रोत स्थापित गर्नुपर्ने र दीर्घकालमा आत्मनिर्भर बनेर आफ्नो पुस्ताका लागि प्रेरणाको स्रोत बन्नुपर्ने शाहको भनाइ थियो।

​सचिवालयका अनुसार बैठकमा सहभागी सांसदहरूले प्रधानमन्त्रीको सुझावलाई अभिभावकीय मार्गदर्शनका रूपमा लिएका छन्। उनीहरूले आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउनका साथै देशभित्रै रोजगारी र अवसर सिर्जना गर्न दृढतापूर्वक लाग्ने प्रतिबद्धता जनाएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)