समाचार
हल्दिबारी संवाददाता २६ मिनेट अगाडि

विवाह बन्धनमा बाँधिए मुकुल ढकाल र निशा डाँगी

झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री डा. मुकुल ढकाल र सोही पार्टीकी सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी विवाह बन्धनमा बाँधिएका छन् ।

​लामो समयदेखिको प्रेम सम्बन्धलाई उनीहरूले बिहीबार औपचारिक रूपमा विवाहमा परिणत गरेका हुन् । विवाहका लागि बेहुला डा. ढकाल बिहीबार मोरङको विराटनगरबाट जन्ती लिएर झापा पुगेका थिए ।

​दुवै पक्षका पारिवारिक सदस्य, आफन्तजन तथा रास्वपाका नेता–कार्यकर्ताहरूको उपस्थितिमा उनीहरूको विवाह समारोह सम्पन्न भएको हो ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)