भुक्न लगाएछन्
तिम्रो अस्मिता र आस्था उपर
त्यस्का छाडा कुकुरहरुलाई
धुर्त द्रोणाचार्यहरुले
फेरि निर्लज्जताको रसातलमा खसेर।स्यावास१ एक लव्य !!
तिखा बाणहरु छरेछौ पररर।।
दांतका माझहरुमा कुकुरको !
कुईंकुईं कुईकिंदै पुच्छर लुकाएर
आइ पुगेका कुकुरहरुलाई
हेरेर हतप्रभ,
कसरी वकवास भुक्छन्
द्रोणाचार्यहरु अब !
कसरी खुस्किन्छ
त्यसको धोतीआफ्नै,
हेर्न बांकिछ।
यतिले मात्र कहाँ पुग्छ र !
अब तं पाखंडीलाई
गुरुदक्षिणाको ठाउंमा
एकलब्यले बुढी ओंला उठाएर
ठेंगा देखाएको,
दृष्य (दिव्य पर्खिरहेको छु,
श्यावासीको थप्पडी मार्न
तमतयार हातहरु उचालेर ।।
(२५असार २०७७सउर्लाबारी )
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1