दुई महिना अगाडि देखि दुर्गा आफ्नो माइत मै थिइन लकडाउन को कारण उ रोकिएकी थिइन् । एउटि महिलाको लागि यो भन्दा ठुलो खुशी के हुनसक्छ र । भाइको बिबाह पछि पहिलो पटक थियो बुहारी सँग सँगै बस्ने मौका जुरेको । बुहारीलाई भान्सामा खानाको परिकार खासै बनाउन आउदैन थियो । तर आज युटुभमा हेर्दै केइ बनाउन थालिन । दुर्गाको आमा बुहारिको खाना पकाने ढंग बारे ठूलो-ठुलो स्वरमा भन्न थालिन: यसैपनि यसलाई केही बनाउन आउदैन अब नेटमा हेर्दै खाना बनाउन थाली महारानी …।
छोरी दुर्गाले भनिन: आमा यदि उनि केही बनाउन चाहन्छिन भने कोशिश गर्न त दिनुहोस् । “तपाईंले मलाई पनि त यहीँ भन्नुहुन्थ्यो केही गाह्रो मान्नु पर्दैन छोरी कोशिश गरेपछि सबै खानाको परिकार बनाउन बिस्तारै आउँछ भनेर ।” फ़ेरि बुहारिले हेरेर बनाउछु , सिक्छु , भन्दा तपाइँलाई के भयो मैले सचेकी पनि थिइन तपाईं यस्तो हुनुहुन्छ भनेर । उमा लाई थोरै हिम्मत मिल्यो कि आमाजु दिदिले पकै मेरो साथ दिनुहुन्छ भनेर । र उसले दुर्गा लाई भनिन: दिदी हजुर त धेरै नै मिठो खाना बनाउनुहुन्छ … मैले तरकारी बनाउन लागेकी छु , केही कमि भयो भने मलाई भन्नुहोस् ल सिक्ने मौका पाउछु । लौ बुहारी पनि , सबै राम्रो नै बन्छ तिमी चिन्ता नगर… म छु नि…।
उमा ले धेरै नै हिम्मत गरेर तरकारी बनाइन , तरकारिलाई डक्कन ले छोपेर केही समय आराम गर्न आफ्नो कोठामा गइन । दुर्गाले तरकारीको भाडाको ढक्कन खोलेर हेरिन .. तरकारिमा केही कमि महसुस भयो जुन – जुन सर्दाम कमि भको छ उसलाई पूरा गरेर तरकारिलाई मज्जाले डकन ले छोपिदिइन । बेलुका सबैजना खाना खान बसे … सबैजनाले खाना प्लस तरकारिको तारिफ गर्न थाले । दुर्गाले आमा तिर हेर्दै भनिन: आमा , अब पनि बुहारीलाई केही भन्नू छ? आमाले आफ्नो पर्सबाट केहि रुपैयाँ निकालेर बुहारी उमाको हातमा राख्दिइन…।
बुहारी उमा निकै नै खुशी भइन , आमाजु दिदिलाई अंकमाल गर्दै भनिन् thankyou दिदी । दुर्गा ले छक्क पर्दै भनिन: मलाई के को खुशिमा धन्यवाद दिएकी तिमिले? उमा ले भनिन: दिदी, यहीँ त हजुरको “महानता” हो । जब म भान्साकोठामा पानी लिन आएकी थिए तब मैले तपाईंले तरकारिमा केही महरमसला थप्दै गरेको देखेकी थिए । पहिला त मलाई लागेको थियो कि तपाईंले तरकारिमा नुन मसला थपेको बारेमा सबैलाई भन्नुहुन्छ । तर तपाईंले कसैलाई केही भन्नूभएन । तपाईंले चाहनुहुन्थ्यो भने मलाई भान्सा कोठामा सबैको अगाडि गिराउन सक्नुहुन्थ्यो ।
तर तपाईंले त्यसो गर्नुभएन । दुर्गा ले धेरै नै गम्भीरताका साथ भनिन: सम्बन्धको विशेषता यस्तो हुनुपर्छ । निचा गिराउनुभन्दा हामी हरेक सम्बन्धलाई आफै माथी लिन्छौ तब मात्र सम्बन्ध सुन्दर र सफ़ल हुन्छ । आमाजु दिदी बुहारी दुबै नै सँगै बसेर खाना खाए । आमा ले आफ्नो छोरी माथी धेरै नै गर्व गरिन ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार