हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

खस क्षेत्री समाजको नगर भेला सम्पन्न

 कमला भट्टराई – भद्रपुर, असार ३१/स्थानीय प्रज्ञा एकाडेमीको सभा कक्षमा आज एक कार्यक्रमका बीच खस क्षेत्री एकता समाज नगर स्तरीय भेलालाई संबोधन गर्दै खस अभियन्ता एवं बलिष्ठ पत्रकार देवेन्द्रकिशोर ढुंगानाले खस समुदायको राष्ट्र एकिकरणमा महत्वपूर्ण योगदान हूँदा हुँदै राज्यब्दारा उपेक्षित यो समुदाय आन्दोलित नभई अधिकार प्राप्त नहुने बताए।

Advertisement

उनले भने “पहिचानवादी शक्तिहरु संगठित भएर बिभेदकारी बर्तमान संबिधानको बिरुध्द राष्ट्रीय मुक्ति आन्दोलनमा एकाकार हुनुको बिकल्प छैन” खडगबहादुर खडकाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख आतिथ्य गर्दे समाजका केन्द्रीय सदस्य पृथ्वी कार्की, मोहन बस्नेत लगायतका बक्ताहरुले बर्तमान अबस्थामा खस समाजको स्थिति बारेमा चर्चा गरेका थिए।

Advertisement

उक्त भेलाले ज्ञानेन्द्र काफ्लेको अध्यक्षतामा ३३ सदस्यीय समाजको भद्रपुर नगर समिति पुनर्गठन गरेको छ। पुन्रगठित समितिमा उपाध्यक्षब्दय बाबुराम कार्की, भगबती बस्नेत, सचिव जितबहादुर बस्नेत तथा कोषाध्यक्षमा कमला कार्की सर्बसम्मतले निर्बाचित भएका छन ।त्यसै गरी सदस्यमा बुध्द थापा, टंकबहादुर बस्नेत, शिबकुमार भण्डारी, शेरबहादुर चौब्हान, मोहन बस्नेत लगायत छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)