हरियो चुरा अनि हातमा
उसकै नाउको मेहन्दी लाउने
मन छ।

साउन भरी कै चारै सोमबार
चोखो नितो गरि व्रत बसी
शिव मन्दिर धाउने मन छ।

कहिले हरिया ,राता,पहेला
रङीचङी कपडा सजिएर
सारै राम्री हुन मन छ।

वर्सौदेखि हो मैले मेरो मन राजा
भेटाइ दिन शिवजी सित प्रार्थना गरेको
आज भेटे दिल खोलेर चिनाइ दिन मन छ।

जसरी माता पार्वतीले ,महादेव स्वामी पाउन
कठोर व्रत गरेकी थिइन त्यसै गरि
सातै जन्म सङै हुन तिम्रो लागि
व्रत बस्ने रहर छ।

अंशु कार्की
मकवानपुर

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार