नेपाली कांग्रेस 

काठमाडौं । कोभिड –१९ ले देशलाई नै प्रभावित गरिरहेको बेला नेपाली कांग्रेसले खुल्ला गरेको सक्रिय सदस्यता वितरण र नविकरण अभियानलाई गम्भिर असर परेको छ ।सरकारले तीन महिना लामो लकडाउनको घोषणा गरे पनि अहिले त्यसलाई फिर्ता लिएको छ । तर, कोरोना भाईरसको संक्रमण दिन दुई गुना, रात चौगुना बृद्धि भइरहँदा कतिपय स्थानीय तहले आफ्नो क्षेत्रमा लकडाउन गरेका छन् ।

सरकारले अहिले पनि एक जिल्लाबाट अर्को जिल्लासम्म पुग्ने गरी सार्वजनिक सवारी साधनलाई खुल्ला गरेको छैन् । जसले गर्दा आफ्नो पेशा, व्यवसायका कारण आफ्नो स्थानीय तहभन्दा वाहिर गएका कांग्रेसका क्रियाशील सदस्यहरु अलमलमा परेका छन् । पार्टीले पटक पटक गरी पार्टीको अन्तरिम संरचना निर्माणको लागि समायोजन गर्ने र क्रियाशील सदस्यता वितरण र नविकरण गर्ने कार्यसूची सार्दै साउनसम्म पुर्याएको छ ।

पर्टीको पछिल्लो बैठकले साउन १० गते भित्र पार्टीका सबै तहमा समायोजन प्रक्रिया पुरा गर्नु पर्ने र सदस्यता वितरण तथा नविकरण साउन मसान्त भित्रमा गरिसक्नु पर्ने निर्णय गरेको छ । तर, अघोषित लकडाउनका कारण सदस्यता वितरण प्रभावकारी हुन सकेको छैन ।नेपाली कांग्रेसको बिधानमा क्रियाशिल सदस्यता लिन चाहने र नविकरण गर्न चाहने व्यक्तिले पार्टीको सम्वन्धित वडा इकाईमा गएर सदस्यता फारम भर्ने, नविकरण गर्ने र शुल्क तिर्नु पर्ने व्यवस्था छ ।

सार्वजनिक सवारी नचल्दा कार्यक्षेत्रमा रहेका कांग्रेसका क्रियाशिल सदस्यहरुले सदस्यता नविकरण गर्न र नयाँ क्रियाशील सदस्यता लिन चाहनेलाई समस्या परेको छ ।कांग्रेसको विधान अनुसार सम्वन्धित पार्टी वडा इकाईमा सदस्यता नविकरण गर्न कांग्रेसका अधिकांस केन्द्रीय सदस्यहरुले उपत्यका छाडेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आफू निकटका केन्द्रीय सदस्यलाई पनि सम्वन्धित वडामा सदस्यता नविकरणको लागि जान सुझाव वा निर्देशन दिएका छैनन् ।

राजधानीको ठमेलमा व्यवसाय गर्दै आएका पाल्पा रामपुर ५ का कल्प पौडेल पार्टीले प्रकाशित गरेको क्रियाशील सदस्यता नविकरणको समय भित्र आफ्नो निर्वाचन क्षेत्रमा पुग्न निकै सकस बेहोर्नु परेको बताउँछन् ।‘मैले पो साथि–भाईको लिफ्ट मागेर काठमाडौंबाट पाल्पा आउन सकें तर, सार्वजनिक सवारी साधन नचल्दा हजारौं कांग्रेसका क्रियाशिल सदस्यहरु काठमाडौंसहित मुलुकमा अन्य शहर र क्षेत्रबाट जिल्ला आउन सकेका छैनन्’, पौडेलले नयाँ विकल्पसँग भने ।

नेपाली कांग्रेस  केन्द्रीय कार्यसमितिको गत असार २२ गतेको बैठकले क्रियाशिल सदस्यताको वितरण र नविकरणका साथै गाउँ÷नगरको वडा, गाउँ÷नगर पालिका, प्रदेश सभा क्षेत्रिय कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रिय कार्यसमिति, जिल्ला कार्यसमिति र प्रदेश कार्य समितिको अधिवेशनको कार्यतालिका निर्धारण गरेको थियो ।क्रियाशील सदस्यता वितरणमाथि कसैले उजुरी दिएमा त्यसको छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्ने मिति मंसिर मसान्तसम्मलाई तोकिएको छ । त्यसअघि केन्द्रीय छानविन समितिले सदस्यतासम्वन्धि अन्तिम निर्णय मंसिर १५ गतेसम्म गरिसक्नु पर्ने छ भने पार्टी सभापतिलाई मंसिर २५ गतेसम्म बुझाउनु पर्ने समयसीमा निर्धारण गरिएको थियो ।

पार्टीले क्रियाशील सदस्ता वितरणको कार्यतालिका अहिले परिवर्तन वा संशोधन गरेको छैन । हालसम्म करिव १२ वटा जिल्लाको संगठनात्मक संरचनाको समायोजन समेत सकिएको छैन । तर, कतिपय जिल्लामा भने क्रियाशील सदस्यता वितरणले तिव्रता पाएको छ ।नया विकल्पबाट 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार