हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राप्रपा नेपाल लाक्पाब्दारा कब्जा

 कमला भट्टराई- झापा/ कमल थापा नेतृत्बको राष्टीय प्रजातन्त्र पार्टीमा पशुपति सम्शेर राणा र डा, प्रकाशचन्द्र लोहनी एकिकरण भएपछि निर्बाचन आयोगमा राजनीतिक दल दर्ताका लागि दिएको निबेदन बिचाराधीन रहेको छ भने राप्रपा लोकतान्त्रिकका अध्यक्ष लाकपा तामांगले पार्टीको नामाकरण परिबर्तन गरी राष्ट्रीय प्रजातन्त्र पार्टी नेपाल नामाकरण दर्ता गरेकै कारण थापा, राणा र लोहनी पक्षधर कार्यकर्ताहरु राप्रपा नेपालमा प्रबेशको तयारीमा छन।

Advertisement

त्यसो त निर्बाचन आयोगमा थापा, राणा र लोहनीब्दारा प्रस्तुत राजनीतिक प्रस्तावनामा गणतन्त्र र राजतन्त्रको मुद्दाका कारण आयोगमा थन्किएको दल दर्ता प्रकृया जति जति लम्बिदै जान्छ पार्टि भित्र आन्तरिक बिबादले नेता र कार्यकर्ता बीच निराशाको खाडल गहिरो हुँदै जाने खतरा देखिन्छ ।

Advertisement

लाकपा तामांग नेतृत्बको राप्रपा नेपालले आयोगबाट प्राप्त गरेको चुनाब चिन्ह गोरुले पनि गाई र गोरुमा मतदाताहरु झुक्किने हुँदा हलो लिएमा पार्टी प्रति आस्थावान हिन्दु मतदाताहरु असन्तुष्ट रहने कुरा पार्टी सुत्रले बताए। यसै सन्दर्भमा राप्रपा नेपालमा ठुलो संख्यामा थापा, राणा,र लोहनी समूसबाट पार्टी प्रबेशको तयारी रहेको अध्यक्ष तामांग बताउँछन।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)