दिनेश कार्की गाईघाट । बहुमुल्य धातु सुनको मुल्यले दिनप्रतिदिन नयाँ किर्तिमान कायम गर्न थालेपछि सदरमुकाम इनरुवासहित सुनसरी जिल्लामा सुनको कारोवार ठप्प प्रायः अवस्थामा पुगेको छ ।

बिहीबार नेपालमा सुनचाँदी ब्यवसायी महासंघले नेपालमा सुनको मुल्य प्रति तोला ११ सय रुपैयाले बढाएर एक लाख दुई हजार पाँच सय तोकेको छ । तर जिल्लाहरुमा त्यसमा पाँच सय रुपैया थप्ने प्रचलन अनुसार सुनको मुल्य एक लाख तीन हजार रुपैयामा बिक्री वितरण भईरहेको छ । एक तोला सुनको यो मूल्य हालसम्मकै उच्च हो । महासंघले तेजाबी सुनको प्रतितोला मूल्य एक लाख दुई हजार रुपैयाँ तोकेको छ ।

अन्तर्राष्ट्रिय बजारमा बढेको भाउको असर नेपालमा देखिएको महासंघका महाचिव धर्मसुन्दर बज्राचार्यले बताए । सुनको भाउ बढने क्रम तत्काल रोकिने सम्भावना नभएको पनि उनको भनाइ छ । सुनको मुल्य दिनप्रतिदिन बढ्दै जाँदा यसको कारोवार भने ठप्प हुन पुगेको छ । सुनसरी सदरमुकाम इनरुवामा दैनिक २५ देखि ३० तोला कारोवार हुँदै आएकोमा पछिल्ला दिनहरुमा शुन्य कारोवार जस्तै २०–२५ लालको दरले मात्रै कारोवार भईरहेको इनरुवा सुनचाँदी ब्यवसायी संघका अध्यक्ष रमेश श्रेष्ठले बताए ।

सुन खरिद गर्न आउने शुन्यको अवस्थामा रहेपनि मुल्य बढेपछि बिक्री गर्न आउनेहरुको संख्यामा भने खासै फरक नआएको भन्दै अहिले ब्यक्तिका सुन त्यसको गुणस्तर हेरेर ८५ देखि ९० हजारको हाराहारीमा कारोवार भईरहेको उनले बताए । यद्यपि अझै सुनको मुल्य बढ्ने सम्भावनाको कारण सुन बिक्री गर्न चाहनेहरु मुल्य बृद्धिको समय कुरेर बसेकोले मुल्य बृद्धिको अनुपात अनुसार बिक्रीको लागि बजारमा भने नआउने गरेको उनको भनाई छ । अध्यक्ष श्रेष्ठले इनरुवाका सुनचाँदी ब्यवसायीहरु अहिले सुन खरिद गर्ने स्थितिमा नरहेको उल्लेख गर्दै आफैले बिक्रीको लागि ल्याएको सुन बिक्री नहुँदा स्टकमा बसेर पुँजी ब्लक भएर बसेकोले अरुको खरिद गर्न सक्ने अवस्था नरहेको तर्क गरे ।

भने, ‘ सुनको बिक्री छैन, त्यसैले खरिद गरेर रिक्स कभर गर्न सकिदैन । किनेकै माल स्टक बस्दा धान्न नसिकने अवस्था उत्पन्न भएको छ । भोलीका दिनमा मुल्य घटिहाले जोखिम बढ्ने भएकोले अबको दिनमा सुनको खरिदारी नगर्न पनि सकिने अवस्था उत्पन्न भएको छ ।’ अध्यक्ष श्रेष्ठले आगामि दशैसम्म पनि सुनको मुल्य यस्तै अवस्थामा रहे सुनचाँदी ब्यवासयीहरुले बैकल्पि ब्यवसाय वा लगानीको क्षेत्र खोज्नु पर्ने अवस्था आएको उल्लेख गर्दै भने, ‘मानिसको क्रय क्षमता बढेको छैन । मुल्य बृद्धिले सुनचाँदी ब्यवसायमा लगानी ज्यादा भयो, मार्जिन बढेको छैन, ज्याला बढेको छैन । त्यसैले बरु अन्त लगानी गर्दा बढी मुनाफा हुन सक्छ भन्ने स्थितिमा ब्यवसायीहरु पुगेका छन ।

’ उनले अमेरिका चाईनाको ब्यापार द्धन्द, कोरोनाको कारणले अन्तर्राष्ट्रिय स्तरमै लगानीका क्षेत्रहरु ठप्प हुँदा मानिसले सुरक्षित लगानीको रुपमा सुनलाई रोज्दा बजारमा माग उच्च हुँदा यसको मुल्य बढेको उल्लेख गर्दै कोरोनापछि विश्वको जनजीवन सहज नहुन्जेलसम्म मुल्य बृद्धि नरोकिने सम्भावना औल्याए ।,

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार