स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

उपत्यकामा संक्रमितको संख्या ९८२ पुग्यो ,काठमाडौंमा ७ सय ६६ व्यक्तिमा संक्रमण

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् ।

Advertisement

काठमाडौं उपत्यकामा हाल उपचारारत अवस्थाका अर्थात सक्रिय संक्रमितको संख्या ६ सय ४६ छ । जोखिममा रहेको जिल्लाहरूको सूचिमा रहेको काठमाडौं उपत्यकामा मात्रै १३६ स्थानमा संक्रमण देखिएको छ । ५ देखि ९ जनासम्म संक्रमित देखिएका स्थान २४ छ । यस्तै १० देखि १२ जना संक्रमित भएका स्थान ४ छ । काठमाडौंको नक्सालस्थित प्रहरी प्रधान कार्यालय, कालीमाटी, बागबजार र सामाखुसी क्षेत्रमा संक्रमित संख्या १० भन्दा बढी छ ।

Advertisement

यस्तै बालाजु, बाँसबारी र त्रिवि शिक्षण अस्पतालमा पनि ७र७ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बूढानीलकण्ठ, धुम्बाराही, घट्टेकुलो, कोटेश्वर, माछापोखरी, नक्साल, पुतलीसडक, सीतापाइला, बालुवाटार, काठमाडौं महानगरपालिकाको कार्यालय, कुपन्डोल, टोखा र थानकोट क्षेत्रमा पनि संक्रमित पाइएका छन् ।

अनामनगर, बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका, इमाडोल, जोरपाटी, कलंकी, कीर्तिपुर, सोह्रखुट्टे क्षेत्रमा बसोबास गर्ने केही व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै बाफल, बसुन्धरा, भोटाहिटी, भोटेबहाल, च्यासल, क्षेत्रपाटी, दुवाकोट, धापासी, डल्लु, डिल्लीबजार, गोठाटार, गहनापोखरी, कपन, खुमलटार, कुलेश्वर, लगनखेल, महाबौद्ध, न्युरोड, नयाँबजार, पेप्सीकोला, रातोपुल, सुनाकोठी, ठैंबलगायतका स्थानका केही एकाध व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article