कमला भट्टराई झापा। जिल्ला प्रहरी कार्यालय सुनसरीले सवारी साधान र चालकसहित ठूलो परिमाणमा भन्सार छली गरेर ल्याउँदै गरेको सुर्ति नियन्त्रणमा लिएको छ ।
श्रावण २२ गते राती भन्सार छलि गरी नेपालतर्फ सुर्ती लगायतका सामान ल्याउदै गरेको सूचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले इनरुवा ९ बबिया चोकबाट नियन्त्रणमा लिएको हो । प्रहरीले को.१ज ३५०३ नं. को सवारी र चालक जिल्ला सुनसरी इटहरी–१७ वस्ने वर्ष ३५ को कृष्णाकुमार साहसहित ६ सय किलो सुर्ति र ९० किलो भुजा बरामद गरेको हो ।
नियन्त्रणमा लिईएको सामग्रीलाई आवश्यक कारवाहीको लािग शुक्रवार सुनसरी भन्सार कार्यालय कोशी ब्यारेजको जिम्मा लगाएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएको सवारी साधानको ४ लाख, सुर्तीको ६० हजार र भुजाको ४ हजार ५ सय रुपैया मुल्य तय गरेर प्रहरीले भन्सार बुझाएको हो ।