समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कान्तिपुरका पत्रकार बानियाँको शव सिस्नेरीमा फेला

काठमाडौं । कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँको शव मकवानुरको सिस्नेरीमा फेला परेको छ । सोमबार काठमाडौंको बल्खु खोलामा हाम्फालेका उनको शव बुधबार सिस्नेरीको एक खोलामा फेला परेको हो ।

Advertisement

महानगरीय अपराध महाशाखाकाका अनुसार बानियाँको मंगलबार बिहान ११ बजेतिर सिस्नेरीस्थित माण्डो जलविद्युत् परियोजना क्षेत्रमा उनको फेला परेको हो ।

Advertisement

बुधबार बिहान उनको शव भेटेपछि पोष्टमार्टमका लागि जिल्ला अस्पताल हेटौंडामा राखिएको छ । दुई दशकभन्दा लामो समयदेखि कान्तिपुर दैनिकमा आवद्ध पत्रकार बानियाँ राजनीति र सुशासनमा कलम चलाउँदै आएका थिए ।

सोमबार बल्खु खोलामा हाम्फालेका भनिएका पत्रकार बानियाँको खोजीका लागि तीन दिनपछि बुधबार कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले उनको खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article