हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सुन ठगी गरेको आरोपमा झापा शान्तिनगरकि शारदा मगर पक्राउ

काठमाडौं । कामठाडौंको ज्ञानेश्वरबाट सुन पलसबाट सुन ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । महानगरीय अपराध महाशाखाको टोलीले बुधबार राति ९ बजे झापा शान्तिनगर–९ स्थायी घर भई हाल नयाँ बानेश्वर बस्ने २९ वर्षीया शारदा मगरलाई ज्ञानेश्वरबाट पक्राउ गरेको हो।

Advertisement

चार लाख ३६ हजार बराबरको सिक्री, लकेट, ब्रासलेट, हिराको औंठीलगायतका सुनका गरगहना विभिन्न बहाना बनाई ठगी गरेको आरोपमा उनलाई पक्राउ गरेको महाशाखााले जनाएको छ ।

Advertisement

उनको साथबाट सुनको सिक्री डेढ तोला थान १, सुनको लकेट ५४ लालको थान १, सुनको ब्रासलेट १ तोला ५२ लालको थान १, हिराको औठी थान १ र सुनको औठी ३५ लालको थान १ बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।

उनले सुनका गरगहना किनेपछि व्यापारीलाई दिएको चेक साट्न जाँदा उनको बैंक खातामा पैसा नहुने पाइएपछि व्यापारी ठगिएका हुन् । उनलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर, काठमाडौं पठाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)