झापा । कर्तव्य ज्यान मुद्दाका फरार २ जना प्रतिवादीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी वक्लौरी ६ घर भएका ३२ वर्षिय तुलसी चौधरी र ३२ वर्षिय टाईसन भन्ने मिङमा दोर्जे शेर्पा रहेका छन् ।

२०६४ वैशाख २९ गते सुनसरी चाँदवेलास्थित मधेसा टोलमा साथीको विवाहमा जन्ती गएको अवस्थामा मिङमा र तुलसीले सामान्य झैंझगडा हुँदा छुरा प्रहार गर्दा गम्भीर घाइते भएका सुनसरी एकम्वा बस्ने सुरेनकुमार ठाकुरको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।

सुनसरी जिल्ला अदालत २०७१ साउन २९ गतेको फैसलाले उक्त घटनामा तुलसीलाई २१ वर्ष ६ महिना र मिङमालाई २० वर्ष कैद फैसला गरेको थियो। उनीहरु दुबै जना कैद भुक्तान नगरी फरार रहेका थिए । लुकिछिपी बसेको अवस्थामा मिङमालाई रामधुनी नगरपालिका ६ बाट र तुलसीलाई धनुषा डल्केवरदेखि पिछा गरी सुनसरी इनरुवा नगरपालिका ४ बस बिसौनीबाट प्रहरीले प्रक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार