समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानको साथ आज अन्तिम संस्कार गरिने

काठमाडौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । मंगलबार साँझ राष्ट्रकवि घिमिरेको १०१ वर्षको उमेरमा आफ्नै निवासमा दुखद निधन भएको थियो ।

Advertisement

उनको आज राष्ट्रिय सम्मानको साथमा पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएको छ । स्वासपश्वासमा समस्या देखिए पछि उनलाई विगत ४ महिना देखि अक्सिजन दिएर घरमै उपचार गरिएको थियो ।

Advertisement

उनले बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधा ) उपविधाहरुमा कलम चलाउदै आएका थिए । उनका वमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर९किन्नरी जस्ता कवितासङ्ग्रह रहेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article