हल्दिबारी डटकम
Hover Ad Article
विजनेश
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

लकडाउनमा फस्टायो सुर्तीको किलो तस्करी, प्रहरीसकृयतता तिव्र

 देवेन्द्रकिशोर ढुंगाना झापा । समुदायमा कोरोना संक्रमण फैलिएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला भरी निषेधित क्षेत्र घोषणा गर्नुका साथै अधिकांश स्थानीय तहहरुले आफ्नो क्षेत्रमा लकडाउन जारी राखेको बेला दिनदिनै तस्करीका घटनाहरु सार्वजनिक भईरहेका छन ।
लकडाउनकै बेला राजमार्ग सुनसान भएको अवस्थामा इटहरी प्रहरीले पाँच लाख मुल्य बराबरको अवैद्य सुर्तीसहित २ वटा टेम्पो बरामद गरेको छ । इटहरी उपमहानगर वार्ड नं ७ बज्राहाबाट ईलाका प्रहरी कार्यालय इटहरीले सोमबार बिहान ४ बजे लुकिछिपि बिक्री गर्नका लागि ल्याइएको ११ बोरा ( २७५ किलो ) अवैध सुर्ति बरामद गरेको हो । सुनसान राजमार्गमा टेम्पो रोकिराखेको देखेर शंका उत्पन्न भइ चेकजाँच गर्दा सो परिमाणको अवैध सुर्ती बरामद भएको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
इटहरीको मुख्य चौकमा प्रहरीले चेकिङ कडाई बनाएपछि भित्रिबाटो हँुदै गाउँसम्म पु¥याउने उद्देश्यले बिक्रिका लागि लाने क्रममा सुर्ति बरामद भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले सुराकी पाएको पत्तो पाएपछि टेम्पो चालक फरार रहेको ईलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
प्रहरीले सुर्ति सहित को २ ह २३८६ र को १ ह ८५६२ नंको टेम्पो समेत बरामद गरेको छ । बरामद गरिएको अवैध सुति र २ टेम्पोलाइ भन्सार कार्यालय सुनसरीलाई बुझाइएको प्रहरीले जानकारी दिएको छ । त्यसअघि पनि सुनसरी प्रहरीले भारतसँग सीमा जोडिएका दक्षिणवर्ती क्षेत्रहरुबाट यही महिना तीन पटक गरी ठूलो परिमाणमा सुर्ति बरामद गरेको थियो ।,

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)