– ज्ञानमणि भुर्तेल : बिर्तामोड ,झापा
बिना सर्त बिना स्वार्थको फेसनले हाम्रो गाउँमा पनि असर देखायो !वरिष्ठ फलानो र वरिष्ठ ढिस्कानो सहित पचासौं बौद्धिक समुह बिना सर्त बिना स्वार्थ काङ्ग्रेस पस्यो !! हाम्रा वरिष्ठ डफेदारले आफ्नै आगनमा भेला गरेर बिना सर्त बिना स्वार्थ सदस्यता बाँडनु भो – आफ्नै बारिको घिरौला बाँडे झैँ !! पार्टी प्रवेशको कार्यक्रम भनिएता पनि आफ्नै वारि हुँदाहुँदै पार्टी अफिसको भुमि प्रयोगको औचित्य देखिएन !!
वरिष्ठ फलानोले बिना सर्त बिना स्वार्थ काङ्ग्रेस पसेको बताउनु भो – जसरी निकै अघि गणेशमान सिंह भद्रपुर आउँदा घरको छतमा चार तारे झन्डाको अर्थ सहितको ब्यानर टाँगेर जित बहादुर पुरिले समेत बुझ्ने गरि बताउनु भएको थियो !! पन्चायती भवन भत्केपछि बिना सर्त बिना स्वार्थ काङ्ग्रेस झोपडिमा ओत लाग्न आउनु भएका फलानो जि राप्रपा नामको नयाँ भवन बनेपछि बिना सर्त बिना स्वार्थ उतै सर्नु भो !! यतिका बर्ष राप्रपा भवनमै बाँस बसेता पनि गत स्थानीय चुनावमा आफ्नै जातभाइ लाई नै भोट हाल्नु भो !! पार्टी राप्रपा भए पनि आफ्नो जातीय धर्म छोड्नु भएन !! अहिले फेरि बिना सर्त बिना स्वार्थ काङ्ग्रेस पसेर रमाइलो खेल ” फर्का फर्की ” खेल्नु भो !! बिना सर्त बिना स्वार्थ !!!
अर्का वरिष्ठ ढिस्कानोले पनि रटा रटाया डायलग – बिना सर्त बिना स्वार्थ नै दोहोर्याउनु भो ! जसरी निकै अघि भवानी घिमिरेको पछि लागेर राजबिराज पुगेर बर्मा समुहको वरिष्ठ हुँदा बिना सर्त बिना स्वार्थ बाचन गर्नु भएको थियोे !! बिचमा बिना सर्त बिना स्वार्थ खै कता हराउनु भो कुन्नी ? अहिले बिना सर्त बिना स्वार्थ टुप्लुक्क काङ्ग्रेसको दैलोमा आईपुग्नु भएका उहाँलाई काङ्ग्रेसका वरिष्ठ डफेदारले बिना सर्त बिना स्वार्थ भित्र्याईदिनु भो !! उहाँले साहित्यमा बिपिको चेलो भएको भावुकता पोख्दा राजनीतिमा बनारस काण्ड नबुझेका हरि लठ्ठकले ताली ठोकिरहदा मैले चै बनारस र बिपि सम्झेँ !!! बिना सर्त बिना स्वार्थ !!!
डफेदारले काङ्ग्रेसमा उहाँहरु जस्ता बौद्धिक ब्यक्तिको खोजी र खाँचो औल्याउँदै गर्दा मैले चै झापामा टिक्न नसकेर बुढानिलकण्ठ पलायन बिश्व प्रकाश र काङ्ग्रेसमा टिक्न नसकेर राप्रपा पसेको भक्ती सिटौला जस्तो अबौद्धिक ब्यक्तिको सम्झना गर्न पुगें !!! सगसगै निकै अघि पुर्वी पहाड बाट बिना सर्त बिना स्वार्थ झापा झरेर त्यहाँका आदिवासी सतार राजबन्सि लाई बिना सर्त बिना स्वार्थ सोत्तर बनाउने छट्टु बाहुन सम्झेँ !!! बिना सर्त बिना स्वार्थ !!!
यसरी बिना सर्त बिना स्वार्थ कहिले एमाले , कहिले राप्रपा त कहिले काङ्ग्रेस गर्ने बौद्धिक ब्यक्तिहरु देख्दा बिना सर्त बिना स्वार्थ कहिले रत्नपार्क त कहिले ठमेल कुद्ने समाजसेवी नगरबधुको समेत सम्झना भो !!! जो जनताको सेवामा दिनरात खटिरहन्छिन – बिना सर्त बिना स्वार्थ !!! बिचरिको कुनै सर्त छैन कुनै स्वार्थ छैन !!!
ठिकै छ –
बिना सर्त बिना स्वार्थ आउनु भएछ ! अब उप्रान्त बिना सर्त बिना स्वार्थ काङ्ग्रेसमै अडिग रहनु होला !!! अबको ” बिना सर्त बिना स्वार्थ ” अन्तिम सपथ बनोस ! चुनाव आउँदा बिना सर्त बिना स्वार्थ काङ्ग्रेसमै भोट हाल्ने प्रेरणा प्राप्त होस ! यो त मेरो जातभाई हो – यो त मेरो भुपु पार्टी हो भन्ने कुबिचारको अन्त होस !!!
बिना सर्त बिना स्वार्थ !!
❣️स्वागतम ❣️
अनि ! वरिष्ठ डफेदार जि !!
पुरानो काङ्ग्रेसमा तपाईंले बिना सर्त बिना स्वार्थ खोजेर भित्र्याएका जस्ता बौद्धिक ब्यक्ति त नभेटिएलान तर पार्टी र मुलुकमा संकट आउँदा बिगतमा जेल नेल खटेका र भविस्यमा पनि जेल नेल खप्न र छातीमा गोलि थाप्न तयार अबौद्धिक पिलन्धरे हरुको कमि छैन उनिहरुलाई पनि काङ्ग्रेसमा टिक्ने बाताबरण दिनुहोला !! नेता तपाईं नै हो ! बिना सर्त बिना स्वार्थ सुझाव ग्रहण गर्नु होला !!!!
बिना सर्त बिना स्वार्थ
❣️जय नेपाल ❣️