हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

भारतमा भयावह बन्दै कोरोना, मृत्यु हुनेको संख्या ६५ हजार नाघ्यो

हल्दिवारी। भारतमा पछिल्लो समय कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गइरहेको छ। भारतमा हरेक दिन ६० हजार भन्दा बढीको दरमा कोरोना संक्रमित फेला पर्न थालेका छन् ।

Advertisement

वल्डोमिर्टस तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६८ हजार ७ सय ७० जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ३६ लाख ८७ हजार ९ सय ३९ पुगेको छ ।

Advertisement

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ८ सय १८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ हजार ४ सय ३५ पुगेको छ ।

त्यस्तै हालसम्म २८ लाख ३७ हजार ३ सय ७७ कोरोना संक्रमित उपचारपछि निको भई घर फर्किसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)