अभिषेक खतिवडा , १८ भाद्र / झापा मा कोरोना महामारीका कारण रगत अभाव भएका कारणले हल्दिबारी समावेशी युवा महिला सस्था तथा नेपाल स्वयंसेवी रक्तदाता समाज हल्दिबारी को संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रम मा ७१ जना रक्तदाताहरुले रक्तदान गरेको हल्दिबारी समावेशी युवा महिला सस्था कि अध्यक्ष सस्वती चम्लागाईंले जानकारी दिनु भएको छ ।

सो रक्तदान कार्यक्रम तथा हल्दिबारी समावेशी युवा महिला सस्थाको उदघाट्न कार्यक्रमका प्रमुख अतिथी प्रदेश सभा सदस्य माननीय पुण प्रसाद राजवन्शीले गर्नु भएको थियो । कार्यक्रमलाई प्रमुख अतिथी पुण प्रसाद राजवंशी ,सविधानसभा सदस्य मोहन टुडु , प्रधानमन्त्रीका सल्लाहकार असारु राजवंशी,नेकपा हल्दिबारी गाउँपालिका अध्यक्ष याम राई ,हल्दिबारी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष त्रिलोचन सापकोटा , नेपाली कांग्रेस हल्दिबारी २ का सभापति भिमराज फ्याक , हल्दिबारी समावेशी युवा महिला सस्थकि अध्यक्ष सस्वती चम्लागाईं लगायतले कोरोना महामारी बिच रक्तअभाव लाई केही हत सम्म परिपुर्ति गर्ने रक्तदाता तथा स्वयंसेवक/स्वयंसेवीलाई स-धन्यवाद ज्ञापन गर्नु भएको थियो।

उक्त रक्तदान कार्यक्रमलाई सफल पार्न हल्दिबारी गाउँपालिका कार्यपालिका सदस्य गिता भण्डारी ,जलथल खानेपानी सस्था , मत्यस बल्क संचालक समिती हल्दिबारी ,सयपत्री समावेशी महिला समूह ,स्थानीय समाजसेवी युवा शैलेन्द्र सिटौला ,रन्जित शाह , कुमार मैनाली लगायतले रक्तदान कार्यक्रममा आवश्यक फलफुल, पानी , फ्रुटी ,अण्डा, लगायत साम्रागी सौजन्य गर्नु भएको कार्यक्रमका समन्वयकर्ता नेत्र बिक्रम बिमलीले बताउनु भयो ।

उदघाट्न तथा औपचारिक कार्यक्रमको सहजीकरण उद्घोषक देविका अधिकारीले गर्नु भएको थियो भने रक्तदान कार्यक्रमको प्राविधिक सहयोग रक्तसञ्चार सेवा केन्द्र , झापाको रहेको थियो।

आजको कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुको नामावली –

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार