समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सिमा क्षेत्रमा भारतीय युवाहरुको गतिविधिका कारण त्रासदी

गाईघाट । सुनसरीको दक्षिणवर्ती क्षेत्रमा भारतीय युवाहरुको दैनिक आवतजावत र आपराधिक क्रियाकलापले स्थानीयहरुलाई त्रसित बनाएको छ ।

Advertisement

सुनसरीको हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रका बजारहरुमा भारतीय नागरिकहरु बिहानदेखि राती अवेरसम्म समूहमा आउने दिनभर आफ्ना गतिविधिहरु गरेर भारत फर्कने क्रमले स्थानीयहरु त्रसित बन्न थालेका हुनत । भारतीय युवाहरुको समूहले हरिनगर र देवानगञ्ज गाउँपालिकाका स्थानीय युवाहरुसँग मिलेर अपराधिक गतिविधि गरिरहेको एकजना अगुवाले जानकारी दिएका छन ।

Advertisement

भारतीय सिमाक्षेत्रका स्थानीयहरु भारतबाट दैनिक रुपमा समूहमा आउने युवाहरुसँग नेपाली युवारुको उठवस र अपराधिक गतिविधिका कारण यसक्षेत्रका व्यापारी, व्यवसायीहरु त्रसित बन्दै गएको बताउँछन । देवानगञ्जका एक व्यापारीहरुले भने, ‘दुई साताभन्दा बढी समयदेखि सिल गरिएको सिमानाकाबाट निर्वाध रुपमा भारतबाट युवाहरुको समूह नेपालको बजारमा आएर दिनभर आफ्ना गतिविधि गर्दै आएको तर्फ सिमाक्षेत्रमा रहेको सुरक्षानिकायले समयमा उनीहरुको गतिविधिमा रोक नलगाउने हो भने भोली ठुलो अपराधिक घटना हुने अनुमानले स्थानीय व्यापारी व्यवसायीहरु डरले घरबाहिर आउने छाडेका छन ।’

भारतबाट आएका युवाहरुले नेपाली भूमीमा बसेर लागुऔषध, हातहतियार, सुनचाँदी, लत्ताकपडा, सुर्तीजन्य पदार्थ, सुपारी, मरिच लगायतका सीमा वारपारका अवैध मालसामान ओसारपसार बिक्री वितरण गर्दै आएको जानकारहरु बताउँछन । सीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरु दिउँसोको प्रचण्ड गर्मीमा रुखको छहारी खोजेर ड्यूटीमा बस्ने भएकाले भारतबाट नेपाली भूमीमा सहज रुपमा मालसामान ओसारपसार हुने गरेको सिमावर्ती क्षेत्रका वासिन्दाहरु बताउँछन ।

हरिनगर र देवानगञ्ज गाँउपालिकाका व्यापारीहरुका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीका इन्चार्जहरुको स्थानीय युवाहरु मार्फत भारतीय युवा समूहसँग दैनिक रुपमा सेटिङ्ग मिलाउँदै अवैध रुपमा मालसामान ओसारपसार र मानिसहरुको आवतजावत निर्वाध रुपमा हुने गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article