स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीका सबै टेम्पो चालकको कोरोना परिक्षण नेगेटिभ ,एक जना आईसोलेसनमा !

हल्दिवारीका सबै सिटि तथा टेम्पो चालकको पिसिआर टेस्ट नेगेटिभ आएको छ । हल्दिवारी गाउँपालिका भित्र रहेका सिटि र टेम्पो चालकहरु सहित १३४ जनाको भदौ १७ गते स्वाव सड्ढलन गरि कोरोना परिक्षणको लागि बिराटनगर पठाएकोमा आज सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाले बताउनु भएको छ ।

Advertisement

गाउँपालिकाको समन्वयमा यहाँ रहेका करिब १२० टेम्पो चालकहरुको पिसिआर परिक्षण गरिएको थियोे । स्वास्थ्य शाखा प्रमुख का अनुसार जोखिम समुहका ५ ,गाउँ पालिकाको क्वारेन्टाइनमा रहेका ८ र आईसोलेसनमा रहेका १ जनाको परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

Advertisement

स्वास्थ्य प्रमुख निरौलाका अनुसार हल्दिवारीमा हाल सम्म १४ जनालाई कोरोना संक्रमण देखिएकोमा १३ जना निको भएर आ आफ्नो घर फर्किएका छ्न भने १ जना महिला भने होम आईसोलेसनमा रहेकी छ्न ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article