महाराष्ट्र सरकार, शिवसेना नेता सञ्‍जय राउत र कंगना रनौतबीचको वाकयुद्ध पुनः एकपटक उठेको छ । हालै सञ्‍जय राउतले सेनाको मुखपत्र ‘सामना’ मा लेखेको कुरापछि कंगना उनीप्रति एकपटक फेरि आक्रोशित भएकी हुन् ।

राउतले लेखेका छन्, ‘यो दुर्भाग्यपूर्ण कुरा हो कि कंगनाले मुम्बईलाई पीओकेसँग तुलना गर्दा पनि मुख्य विपक्षी पार्टी बीजेपी उनलाई समर्थन गरिरहेको छ ।’ राउतको यही कुरामा आक्रोशित हुँदै कंगनाले ट्‍‌विटरमार्फत आफ्नो आक्रोश व्यंग्यात्मक रुपमा पोखेकी छिन् । उनले लेखेकी छिन्, ‘वाह ! दुर्भाग्यवस, बीजेपीले यस्तो व्यक्तिलाई बचाइरहेको छ जसले ड्रग्स र माफियाको पर्दाफास गरेका छन्, यसको सट्टा बीजेपीले शिवसेनाका गुन्डाहरू लगाएर मेरो मुख फोर्ने वा मेरो बलात्कार गर्न लगाउनुपर्ने होइन र सञ्‍जयजी ? आखिर उनको (बीजेपी) को हिम्मत कसरी भयो एक महिलालाई बचाउन जो माफियाविरुद्ध खडा भएका छन् ?

कंगनाले मुम्बईको तुलना पाकिस्तानसँग गरेदेखि शिवसेना कंगनालाई आक्रमण गरिरहेको छ । उक्त तुलनामा कंगनाले ‘फिल्म माफिया’ भन्दा मुम्बई प्रहरीसँग बढी डराउने भनेकी छिन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार