हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

राप्रपाको केन्द्रीय समिति बैठक भाेलि मंगलबार बस्ने

राष्ट्रिय प्रजातन्त्र पार्टीका तीन अध्यक्षहरूको आइतबार बसेको बैठकले मंगलबारका लागि केन्द्रीय समितिको बैठक आयोजना गरेको छ ।
पटक–पटक विभाजन भएर फेरि एक भएको राप्रपामा चुनाव चिह्न के राख्ने भन्ने विषयमा मतान्तर रहँदै आएको छ ।
राप्रपाका अध्यक्ष कमल थापाका अनुसार आजको बैठकले राप्रपालाई देशको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित गर्न पार्टी एकता सुदृढ तुल्याउने र सबै समस्याहरु समझदारीबाट समाधान गर्ने निर्णय गरेको छ ।
थापाले भनेका छन्, ‘पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज ६ गते गर्ने निर्णय पनि गरेको छ ।’

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)