समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारीमा सम्पन्न भयो लैङ्गकि हिंसा विरुद्धको वडा स्तरीय प्रशिक्षण 

हेमन्त मैैैनालि । हल्दिवारी । हल्दिवारी गाउँपालिका वडा नम्बर २ मा लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सोमबार १५ औं दिन वडा स्थानीय प्रशिक्षण कार्यक्रम महिला विकास समितिको आयोजनामा  सम्पन्न भएको छ ।

Advertisement

Advertisement

हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको प्रमुख आतिथ्य तथा वडा अध्यक्ष राजेन्द्र योङहाङको विशेष आतिथ्यमा उक्त प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
हल्दिवारी महिला विकास परिषद  संयोजक सान्ता गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथि रवीन्द्र प्रसाद लिङ्गदेन ,वडा अध्यक्ष राजेन्द्र योङहाङ ,गाउँपालिका अधिकृत राजन नेउपाने ,रेडक्रस सभापति कर्णखर प्रसाईले मन्तव्य राख्नु भएको थियो ।
उक्त प्रशिक्षण कार्यक्रममा १ सय भन्दा बढी विभिन्न संघसंगठनका प्रतिनिधिहरुको उपस्थित रहेको थियोे भने कार्यक्रममा स्वागत खिना घिमिरे तथा कार्यक्रमको सहजीकरण टिका राउतले गरेका थिए । तस्वीर : सान्ता गौतम

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article