समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

सरकारले ५६० जनालाई निःशुल्क प्राविधिक शिक्षा पढाउँदै, प्रवेश परीक्षाको आवेदन फाराम खुला (सूचना सहित)

काठमाडौँ । सरकारले देशभरका दलित, विपन्न र मुस्लिम समूदायका ५६० छात्रछात्रालाई प्राविधिक शिक्षा पढाउने भएको छ ।

Advertisement

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्ले मंगलबार निकालेको सूचनाअनुसार प्राविधिक एसएलसी २८० जना र डिप्लोमा तहमा २६० जना गरी कूल ५६० जनालाई निःशुल्क अध्ययनको अवसर प्रदान गर्न लागिएको हो ।

Advertisement

त्यसका लागि परिषद्ले प्रवेश परीक्षको आवेदन माग गरेको छ । इच्छुक छात्राछात्रले पुस २८ गतेभित्र आवेदन बुझाउनु पर्नेछ भने मंसिर २९ देखि फाराम खुल्नेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article