हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

मलेसियामा  नेपाली सेक्युरिटी गार्ड झापाका प्रदिप दास सुतेकै अवस्थामा मृर्त फेला

मलेसिया, मलेसियामा केही समय यता नेपाली श्रमिक कामदारको सुतेकै अवस्थामा मृत्यु हुने संख्या बढेको छ ।केहि साता अगाडी मात्रै तीन दिन भित्रमा ६ जना नेपाली श्रमिकको ज्यान गएको थियो ।

Advertisement

मलेसियाको ” ईजा फोर्स ” नामक सेक्युरिटी कम्पनीमा कार्यरत नेपाल् ठेगाना झापा जिल्ला निवासी प्रदिप कुमार  दासको मंगलबार बिहान सुतेकै अवस्थामा निधन भएको मलेसियाका स्थानीय संचार माध्यमले जनाएको छ ।

Advertisement

 घटना बारे मृतक प्रदिप कार्यरत कम्पनी संग  बुझ्दा सोमबार राती खाना खाएर सुतेका प्रदिपलाई बिहान उनका साथीहरुले  मृत फेला परेका हुन ।,

प्रदिप बिगत डेढ बर्ष देखि मलेसियाको सुबाङजाया भन्नने ठाँउमा सेक्युरिटी गार्डमा कार्यरत रहेका थिए  ।उनको शवलाई आबस्यक अनुसन्धान पछि स्थानीय अस्पतालमा पोस्टमाटमको लागि लगिएको र आवश्यक अनुसन्धान पछि नेपाल पठाइने नेपाली दूतावास मलेसियाले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)