हल्दिबारी डटकम
Hover Ad Article
साहित्य
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कविता : लिखु

– वैरागी जेठा
लिखु सर्पझैँ हिँडीरहेछ
बलेनीका आँसु लिएर
साँघुरीदैँ साँघुरीँदै
यसरी नै हिँडीरहेछ
लिखु ।
काँडा जस्ता मान्छेहरु ,उसलाई
घोचिरहेछन् जोड जोडले
ऊ आफ्नै तालमा
वषौँ वर्ष देखिन बगिरहेछ
पश्चिमी यात्रामा
लिखुको सुसाई
कृष्णको मुरली जस्तै लाग्छ
एउटा बालकलाई ।
कहिले के के ल्याउँछ ल्याउँछ
कहिले पहाड भत्काएर ल्याउँछ
गोरु चर्ने बगरमा
आधुनिक मेशिनहरु दौडिरहेछन्
धानै धान झुल्ने गराहरुमा
कंक्रिटका भवनहरु फैलिएका छन्
कोदालीको मृत्यु भएकोछ
कोदालोले पासो लगाएको छ
लिखुको मैदानमा
बाउसेहरुका निम्ति
तयार भएकोछ डोजर
लिखुको आँखामा मोतिया भएको छ
ऊ हजारौँ वर्षको बृद्ध हो ।
सयौँ मुरी धान फलाउने घोरे
आफ्नो छाला मरेको देखाउँछ
बस्तीविहीन गाउँ
दुम्सीहरु दौडाइरहेछ ,रेस्लिड। खेल्न
लिखु टीठ लाग्ने भएकोछ
पवित्राहरुसँगै तरिएका कथाहरु
क्षेत्रपालसँगै जोडिएकी तादी किनारमा
ओहो एउटा युग
आफ्नो आड। छाम्छ
पीडाका सुस्केराहरु
ऐतिहासिक ठाँटी भत्काएर
ऊ अमिलबोटे भएको छ
सायद
शेरे ,गोरे अचुत र राजकुमारहरु
नहराएका भए
गाउँले नयाँ काँचुली फेथ्र्यो होला
छातीमा एकाएक आगो सल्कन्छ
मान्छे हुन सकेर, बौलाएको युवक
बेसीको उपयोगिता कसरी गरोस्
बटुलेर धानहरु
घोरेमा अब उभिने छैनन्
बीचरा लिखु ।
कुनै संगित नपाएर
आकुल व्याकुल छ
लिखु ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)