हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

टर्कीमा भूकम्प जाँदा १५ जनाको मृत्यु, ५०० बढी घाइते

इस्तानबुल । टर्कीमा भूकम्प जाँदा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने ५०० भन्दा मानिसहरु घाइते भएका छन् ।टर्कीको इलाजिग प्रान्तको सिभरिस सहरमा शुक्रबार साँझ (स्थानीय समय) ६ दशमलव ७ म्याग्‍निच्‍युडको भूकम्प गएको थियो ।

Advertisement

प्रारम्भिक रिपोर्टका अनुसार करिब ४० सेकेण्डसम्म जमिन हल्लिएको थियो ।उक्त भूकम्पमा परी १० वटा बिल्डिङहरु भत्किएको टर्किश गृहमन्त्री सुलीमाम सोल्युले जानकारी दिएका छन् ।उनका अनुसार इलाजिग प्रान्तमा १० जनाको मृत्यु भएको छ भने पाँच जनाको मालात्या प्रान्तमा मृत्यु भएको छ ।

Advertisement

टर्किको आईएचए ब्रोडकास्टिङ सर्भिसका अनुसार आपतकालिन उद्धार टोलीले घाइतेको उपचारका लागि लगेको थियो । भवनहरुमा पुरिएर ३० जना अझै बेपत्ता छन् ।उनीहरुको खोजी र उद्धार कार्य भइरहेको जनाइएको छ । विपद् तथा आपतकाल व्यवस्थापनका प्रमुखका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।  सीएनएन

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)