प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

एनआरएनए मलेसिया अध्यक्ष भट्टराईद्वारा श्रमिक कल्याणकारी कोषलाई ५० हजार रिंगेट

मलेसिया र गैरआवाशिय नेपाली संघ मलेसियाको आज मलेशियामा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । गैरआवाशिय नेपाली संघ मलेशियाका अध्यक्ष हरि भट्टराईको अध्यक्षता र एनआरएनए एसिया प्यासिफिक डिआरसि खगेन्द्र न्यौपाने,आईसिसि सदस्य बिश्व राई,आईसिसि सदस्य टेक टमाटा,मानार्थ सदस्य शंखर पौडेलको उपस्थितिमा बसेको बैठकमा श्रमिक कल्याणकारी कोषमा अध्यक्ष भट्टराईले ५० हजार रिंगेट अर्थात करिब १३ लाख नेपाली रुपैयाँ रकम जम्मा गरेका छन् ।

Advertisement

आजको बैठकबाट एनआरएनए मलेसियाको बैंक खातासम्बन्धि विवादसमेत टुङ्ग्गिएको छ । विवाद टुङ्ग्गिएपछि अध्यक्ष भट्टराईले संघको खाता रहेको सिआइएमडी बैंकमा ५० हजार रिंगेट अर्थात करिब १३ लाख रुपैयाँ रकम जम्मा गरेका हुन् ।

Advertisement

गैरआवाशिय नेपाली संघ मलेसियाको आजको बैठकले एनआरएनएको आफ्नै कार्यालय खोल्ने निर्णय गर्दै कार्यालय समेत सुचारु गरेको छ । गैरआवाशिय नेपाली संघ मलेसियाको बैठकले संघका सबै कार्यसमितिबिच सहकार्य गर्दै नेपाली कामदारको हकहितका लागी कार्य गर्ने निर्णयसमेत गरेको छ । बैठकले छिट्टै नेपाल भर्मण बर्ष द्दण्द्दण् लाई सफल बनाउन बिर्हत कार्यक्रम गर्ने समेत निर्णय गरेको छ । बैठकले छिट्टै बिबिध कार्यक्रम गर्ने समेत निर्णय गरेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article