समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चैत ५ गते माइक्रोबस चढेर बाग्लुङ पुगेकी थिइन् पाँचौं कोरोना भाइरस संक्रमित

               नेपालमा पाँचौं व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको क्रममा बेल्जियमबाट नेपाल आएकी युवतीमा कोरोना संक्रमण देखिएको हो ।

Advertisement

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार ती युवती चैत ४ गते बेल्जियमबाट कतार ट्रान्जिट हुँदै नेपाल आइपुगेकी हुन् । उनको स्थायी ठेगाना बाग्लुङ भएको बताइएको छ । हाल उनलाई धौलागिरी अस्पतालमा राखिएको छ ।

पाँचौ केसको रुपमा कोरोना संक्रमण देखिएकी युवती यसअघि दोस्रो केसका रुपमा कोरोनाको संक्रमण देखिएकी १९ वर्षीया किशोरीसँगै कतारको दोहाबाट एउटै जहाजमा नेपाल आएकी थिइन् । उनले बागलुङमै केही किनमेल गरेकी थिइन्। उनी त्यही दिन घर पुगेको पारिवारिक स्रोतले जनाएको छ। बजारमा केही समय बिताउँदा उनले कतिजनालाई भेटिन् भन्‍ने खुलेको छैन।

घर आएको दुई तीन दिनपछि उनलाई ज्वरो आएको थियो। पारिवारीक स्रोतका अनुसार ज्वरो आएपछि उनी धौलागिरि अञ्चल अस्पतालमा जचाँउन गएकी थिइन्। टाउको दुख्यो भन्दै अस्पताल पुगेकी उनलाई अन्तरंग सेवामा कार्यरत एकजना डाक्टरले चेक जाँच गरेका थिए। तर अस्पतालमा उनले आफू बाहिरबाट आएको भने जानकारी दिइनन्। चिकित्सकहरूले सामान्य ज्वरो आएको भन्दै घर पठाइदिए।

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीलाई कोरोना संक्रमण देखिएपछि सरकारले कतार एयरको जहाजमा नेपाल आएका यात्रुको खोजी गरेको थियो । जसक्रममा बाग्लुङ घर भएकी १९ वर्षीया कोरोना संक्रमण देखिएको हो ।

उनीहरु कतार एयरवेजको फ्लाइट नम्बर क्यूआर ६५२ बाट चैत ४ गते काठमाडौं आइपुगेका थिए । उनी चैत्र ५ गते माइक्रोबस चढेर बाग्लुङ गएकी थिइन् । नेपालमा कोरोना संक्रमण देखिएका ५ जनामध्ये १ जना उपचारपछि निको भइसकेका छन् ।

२ जना संक्रमितको काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल तथा १ जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको र अर्का १ को धौलागिरी अस्पताल बाग्लुङमा उपचार भइरहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article