समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

चैत २५ गतेसम्म लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले लकडाउनको समयावधि लम्ब्याएको छ । कोरोनाभाइरस ९कोभिड १९०को संक्रमण हुन नदिन चैत ११ गतेदेखि एक साताका लागि गरेको लकडाउनको समयावधि सरकारले लम्ब्याएको हो ।

Advertisement

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यही चैत २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसअघि लगाइएको लकडाउन चैत १८ गते मंगलबार बिहान ६ बजेबाट सकिँदै गर्दा बसेको मन्त्रिपरिषद् बैठकले चैत २५ गतेसम्मका लागि लम्ब्याएको हो ।

Advertisement

भारतमा लकडाउन गरिएको छ । नेपालमा पनि कोरोनाभाइरस संक्रमित देखिन थालेका छन् । यसैलाई आधार मानेर सरकारले लकडाउनको समयावधि थपेको हो ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article