समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिए

काठमाडौं । चर्चित गायिका अस्मिता अधिकारी र गायक महेश काफ्ले वैवाहिक जीवनमा बाँधिएका छन्। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू बुधबार विवाह बन्धनमा गासिएका हुन्।

Advertisement

गत असारमा कन्सर्टका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुगेका बेला अस्मिता र महेशले ‘बुर्ज खलिफा’ अगाडि इन्गेजमेन्ट गरेका थिए। सामाजिक सञ्जालमार्फत् सार्वजनिक तस्बिरमा उनीहरूको इन्गेजमेन्ट क्षण देख्न सकिन्थ्यो।

Advertisement

गायन यात्रामा सहकार्य गर्दै आएका अस्मिता र महेशले ‘फेरियो घर थर मेरो’ लगायतका गीतमा सँगै काम गरेका छन्। महेश काफ्लेका ‘नाच फिरिरी’, ‘माया बिरानी’, ‘लज्जावती झार’ जस्ता गीतहरू नेपाली संगीतप्रेमीहरूमाझ निकै लोकप्रिय छन्।

संगीत क्षेत्रमा सक्रिय यो जोडी अब वैवाहिक जीवनको नयाँ अध्याय सुरु गरेको छ। नेपाली सांगीतिक दुनियाँमा लोकप्रिय यी दुई कलाकारको वैवाहिक जीवन सुखमय रहोस् भन्ने शुभेच्छा व्यक्त गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article