समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

९ महिनापछि अन्तरिक्षबाट फर्किए सुनीता विलियम्स र बुच विलमोर

नासाका वरिष्ठ अन्तरिक्षयात्री सुनीता विलियम्स र बुच विलमोर नौ महिनापछि अन्तरिक्ष यात्राबाट सफलतापूर्वक पृथ्वीमा फर्किएका छन्। उनीहरू नासाका अर्का अन्तरिक्षयात्री निक हेग र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर गोर्बुनोभ सँगै फ्लोरिडाको तालहासी नजिकै समुद्रमा अवतरण गरेका हुन्।

Advertisement

नासाका अनुसार, उनीहरू नेपाली समयअनुसार बुधबार बिहान ४:४२ बजे पृथ्वीमा फर्किएका हुन्। ड्र्यागन क्याप्सुलबाट अलग भई समुद्रमा अवतरण गर्न करिब १७ घण्टा लागेको थियो। अवतरणपछि सार्वजनिक भिडियोमा बुच र सुनीता हात हल्लाउँदै र मुस्कुराउँदै स्पेसएक्स ड्र्यागनबाट बाहिर निस्किएको देख्न सकिन्छ।

Advertisement

उनीहरूलाई पृथ्वीको गुरुत्वाकर्षणमा पुनः अभ्यस्त हुन केही समय लाग्नेछ। परिवारसँग पुनर्मिलन गर्नुअघि स्वास्थ्य परीक्षणका लागि केही समय चिकित्सकीय निगरानीमा रहने नासाले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article