समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापाको हल्दिबारीमा फरक क्षमता भएकी युवतीमाथि जबरजस्ती करणी, एक युवक पक्राउ

हल्दिबारी, २२ चैत । झापा जिल्लाको हल्दिबारी गाउँपालिका–१ कोचाटोलीमा फरक क्षमता भएकी एक युवतीमाथि जबरजस्ती करणी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत, आसाम घर भई हाल काकाको घरमा बस्दै आएका २७ वर्षीय सन्तोष कार्की रहेका छन्।

Advertisement

वडा अध्यक्ष देवी बहादुर थापाका अनुसार, कार्कीले हिजो दिउँसो ती युवतीलाई बाँसघारीमा लगेर जबरजस्ती करणी गरेका थिए। अनुसन्धानका क्रममा कार्कीले पीडित युवतीलाई चैत ६ गतेदेखि पटक–पटक बलात्कार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ।

Advertisement

घटनाको जानकारी पाएपछि प्रहरी चौकी गोलधापबाट खटिएको टोलीले कार्कीलाई नियन्त्रणमा लिएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article